सर्लाहीमा पत्रकार झामाथि दुव्र्यवहार गर्ने ठेकेदारमाथि प्रहरीमा उजुरी
टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।
समाचार संकलनको क्रममा संचारकर्मी माथि ठेकेदारले दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको छ । महोत्तरीको रेडियो सोनामाई १०३.७ मेगाहर्ज रामगोपालपुरमा कार्यरत्त पत्रकार अकाश भन्ने प्रतिक झामाथि सर्लाहीको चक्रघटा गाउँपालिका वडा न. ४ सून्दरपुरमा दुव्र्यवहार तथा मोटरसाईकल र मोबाइल ताडफोड भएको दावी छ ।
पालिका स्तरिय नला तथा सडक ढलानको समाचार संकलनको क्रममा उनीमाथि दुव्र्यवहार तथा उनको मोटरसाइकल र मोवाईल तोडफोड भएको भन्दै ठेकेदारविरुद्ध रेडियो सोनामाइका अध्यक्ष नागेन्द्र यादवले सर्लाही प्रहरीमा उजुरी दिएहुन् ।
ठेकेदार जावैद सेख तथा केही जसपा नेपालका कार्यकर्ताले बाटोमा रोकेर गाली गलौज गर्नुको साथै मोटरसाइकलको भाइजर र मोबाइल समेत तोडफोड गरेको उजुरीमा उल्लेख छ । घटनामा संलगन व्यक्तिहरुको पहिचान गरी कानून बमोजिम आवश्यक कारवाही गरिदिन उजुरीमा आग्रह गरिएको छ ।