आगामी निर्वाचनपछि मधेशमा एमालेको मुख्यमन्त्री बन्छ : योगेश भट्टराई
टुडेपाटी-
जनकपुरधाम, साउन ३ गते ।
नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव योगेश भट्टराईले आगामी निर्वाचनपछि मधेशमा एमालेको मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।
बुधबार रौतहटको कटहरियामा पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा भट्टराईले यस्तो दावी गरेका क
‘मिसन २०८४’ को आधारमा प्रदेशमा अगामी चुनावपछि मधेशमा एमाले नेतृत्वको सरकार बन्ने उनको भनाई छ ।
‘मधेश प्रदेशमा अहिले पनि अरु दलभन्दा ठूलो एमाले नै छ,’ उनले भने, ‘गत निर्वाचनमा समानुपातिकतर्फ मधेस प्रदेशमा एमालेले ३ लाख ५० हजार मत ल्याएको थियो । आगामी निर्वाचनमा ७ लाख मत ल्याउने हाम्रो लक्ष्य छ ।’
नेकपा फुटेपछि संगठन केही कमजोर भएको र गत निर्वाचनमा प्रभु साहले धोका दिएपछि पार्टीभित्र भुईँचालो गएको चर्चा गर्दै भट्टराईले अब त्यो अवस्था नरहेको बताए । उनले भने, ‘हामी पुरानो लयमा फर्किसकेका छौँ ।’
Sponsored