TodayPati

शिवचन्द्र कुशवाहामाथि जनमतले गर्यो कारबाही, साधारण सदस्यसमेत नरहने गरी निलम्बित

टुडेपाटी-
जनकपुरधाम, साउन ४ गते ।

जनमत पार्टीले उपचुनावमा भित्र्याएका शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ । वैशाख १० मा भएको चुनावको पूर्व सन्ध्यामा जनमतले भित्र्याएर उम्मेदवार बनाएको थियो ।
बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै नेता कुशवाहासहित पाँचैजनालाई कारवाही गरेको हो ।
जनमतका उपाध्यक्ष तथा समिति प्रमुख दीपककुमार साहका अनुसार कुशवाहासहित गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारवाही गरिएको हो ।
कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप लागेको छ । उनलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीले कारवाही गरेको छ ।

मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचन र खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । उनीहरूलाई १ वर्षका लागि निलम्बन गरिएको उपाध्यक्ष साहले जानकारी दिए ।

Sponsored

कपिलबस्तु पार्टीका बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै भगवान दास यादवलाई पनि १ वर्षका लागि पार्टीले निलम्बन गरेको छ।

भोपेन्द्र यादवले केन्द्रीय निर्देशनको उल्लघंन गरेको र गर्न लगाई गुटबन्दी गरेको भन्दै ३ महिनाका लागि कारवाही गरिएको जानकारी साहले दिएका

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *