मधेश प्रदेशः करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी–
रौतहट, असार २८ गते ।
रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
बुधवार गरुडा नगरपालिका–८ स्थित बसबिट्टि जिंगडियाका ५० वर्षीय शेख साह मोहम्मदको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
आफ्नै घरमा विद्युतीय हिटरमा खाना पकाउने क्रममा करेन्ट लागेर शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
यससँगै रौतहटमा यो आर्थिक वर्षमा करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sponsored