मधेश प्रदेश : करेन्ट लागेर एकजनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, असार २८ गते ।
सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
बुधबार राति जिल्लाको सुरुङगा नगरपालिका ५ कुशहा बस्ने ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा बिद्युतको तार जोडने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि सप्तऋषि अस्पताल लहान सिरहामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored