TodayPati

सर्लाहीमा गाँजासहित २ जना पक्राउ

टुडेपाटी-

सर्लाही, वैशाख २६ गते ।

सर्लाहीमा लागुऔषधसहित गाँजासहित २ जना पक्राउ परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका-१५ बाट अवैध लागुऔषध गाँजा करिब ५ किलोसहित पक्राउ परेको हो ।

Sponsored

पक्राउ पर्नेमा सोही नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागुऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको सर्लाही प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *