TodayPati

जिर्ण शरिरलाई आराम दिन भन्दै बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

टुडेपाटी-
काठमाडौँ, वैशाख २५ गते ।

प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा। भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।

Sponsored

उनले भने, ुअरु अरुलाई आरोप प्रत्यारोप गर्नुभन्दा आत्मलोचना गर्नुपर्छ, यो देशमा ३८ जना प्रधानमन्त्री भइसकेका छन्, कुन प्रधानमन्त्रीलाई कसले सम्झि रहेका छन् त्यो थाह छैन तर कुर्सीमा बसेका पनि जनताले सम्झने खालको काम गर्नुपर्छ ।

प्रधानमन्त्रीको लोभ नगरी नयाँ व्यक्तिलाई ल्याउन पनि उनले सुझाव दिए । बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने भट्टराईले बताए ।

ुनागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो । श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ,ु भट्टराईले भने, तर हाम्रो सरकार जिम्मेवार छै । सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।ु

Sponsored

६० लाख भन्दा बढी नेपालीहरुमध्ये एक चौथाइ नेपाली अलपत्र बन्ने उनले १५ देखि २० लाख नेपाली स्वदेश फर्किने अवस्था रहेको भट्टराईले बताए । उनले भने, ुहामीले तिमी नआउ भन्न मिल्दैन, आउन भनिएन भने संविधान विपरित कार्य हुन्छ । ७२ लाख श्रमिकमध्ये ६० प्रतिशत अस्थायी खालका श्रमिकहरु छन् त्यसको बेहाल छन् । ु

उनीहरु रुदै रुदै घर फर्केको दृश्य टुलुटुलु हेरेको बताउँदै उनले जेष्ठ नागरिकको सुरक्षाको व्यवस्था गर्न नसकेको उनले टिप्पणी गरे ।

साथै भट्टराईले तत्काल एसईई लिन संभव पनि नभएको र लिन आवश्यक समेत नरहेको बताए । उनले भने, ुबरु तिमीहरुको परीक्षा हुँदैन, उच्च तहको पढाईको तयारी गर्नुस् भन्दियो भने विद्यार्थीलाई राहत हुन्छ, तर शिक्षा मन्त्रीले लकडाउन खुल्ने वित्तिकै परीक्षा हुने भन्नुभएको छ, यसले विद्यार्थीलाई मनोरोग लाग्न सक्छ ।ु

६४ लाख विद्यार्थी अहिले घरमा बसिरहेका छन्, उनीहरुलाई ठिक ढंगले व्यवस्थापन गरिएन भने मनोरोग लाग्न सक्ने अवस्था पनि रहेको उनले धारणा राखे । उनले भने, ुयसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ।ु

सुदुरपश्चिममा एक लाख भन्दा बढी व्यक्ति विदेशबाट आएका छन्, त्यहाँ किटका कारण उपचार नभएको अवस्था रहेको बताउँदै उनले जाँचको अभावका कारण सक्रमण नदेखिएको बताए ।

उनले भने, ुसरकारले त सबै कुरा ठिक छ भनिरहेको छ, सरकारले भन्ने कुरा हो । सरकारले एउटा काम गरेको छ त्यो लकडाउन ।ु

दुई खर्बदेखि पाँच खर्बसम्मको आर्थिक नोक्सान हुन्छ, कृषि, शिक्षा, स्वास्थ्यमा केन्द्रीत भएर वजेट ल्याउन पनि उनले सुझाव दिए ।

ुसाना उद्योग जसले ८० प्रतिशत रोजगारी दिएको छ त्यसको बारेमा सरकारले सोचेको छैन, उनीहरुको बारेमा सरकारले अनुदानको बारेमा सोचेको छैनु, उनले भने, ुविदेशतिर उद्योगहर बन्द हुँदा त्यहाँका श्रमिकलाई सरकारले तलब दिएको छ, तपाई हामीले तलब भत्ता खाने अनि श्रमिकको बारेमा नसोच्ने त्यो लाजमर्दो कुरा भएको छ ।ु

बैठकमा अन्तराष्ट्रिय विषयवस्तु पनि उठ्ने बताउँदै उनले राष्ट्रियताको विषयमा पनि गम्भीर भएर सरकारले काम गर्नुपर्ने ध्यानाकर्षण गराए । उनले राष्ट्रप्रमुखले रातभरि जागेर पार्टी फुटाउने काम गरेको आरोप लगाउँदै दुई तिहाईको सरकार हुँदा हुँदै किन अध्यादेश ल्याउने काम गरेको भन्दै प्रश्न गरे ।

उनले भने, अध्यादेश फिर्ता लिएर मात्र त्यसलाई छाड्ने कुरा हुँदैन, अन्य विषयमा पनि अध्यादेश ल्याउन सकिन्थ्यो, थुप्रै विषयहरु छन् ती विषयमा पनि अध्यादेश ल्याउन सकिन्थ्या त्यसमा सहयोग गर्न सकिन्थ्यो पार्टी विधेयक फुटाउने विधेयक ल्याउनु गल्ती भयो भने तर प्रधानमन्त्रीले पार्टीको बैठकमा अर्को पार्टीले फुटाउन यो अध्यादेश ल्याएको हो यदि भनेका छन् भने त्यो गलत भएको छ ।

आफूहरु आफ्नो सांसद अपहरण गरेको भनि प्रहरीमा उजुरी दिन जाँदा उजुरी नलिएको प्रति पनि उनले गुनसो गरे । नेता भट्टराईले रेशम चौधरीलाई रिहा गर्न आग्रह गरे । विप्लव समूहमाथि लगाइएको बन्देज खुल्ला गर्न पनि उनले आग्रह गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *