TodayPati

विगत ३५ दिनदेखि उपचाररत महिलामा कोरोना निको भएपछि सुदूरपश्चिमका सबै संक्रमित निको

टुडेपाटी-

धनगढी, वैशाख २६ गते ।

सुदूरपश्चिमका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । शुक्रबार धनगढी-५ की ३४ वर्षीया कोरोना संक्रमित एक महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसँगै सुदूरपश्चिममा भेटिएका पाँचै जना कोरोना संक्रमित निको भएका हुन् ।

Sponsored

विगत ३५ दिनदेखि उपचाररत उनको लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख डा शेरबहादुर कमरले जानकारी दिए ।

उनको यसअघि ६ वटा रिपोर्ट पोजेटिभ आएका थियो । लामो समयको उपचारपछि घर फर्कन पाउँदा उनले खुसी व्यक्त गरिन् ।

यसअघि लम्कीचुहा नगरपालिकाका २१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय पुरुष, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिकाकी महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *