मधेश प्रदेश : छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु
टुडेपाटी–
जनकपुरधाम, असार १५ गते ।
छुट्टा छुट्टै दुर्घटनामा परेर सप्तरी र महोत्तरीमा दुईजनाको मृत्यु भएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका ५ मैनाकडेरीस्थित सडकमा स ७ प ७७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री स्थानीय मोहम्मद मजिदको छोरा १६ वर्षीय मोहम्मद महताजको बिहीबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, महोत्तरीको सम्सी गाउँपालिका ४ गैडा चोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री मनराशिस्वा नगरपालिका ४ साँदा बस्ने ४५ वर्षीय शैलेन्द्रको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
Sponsored
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।