TodayPati

मधेश प्रदेश : बैँक खाताबाट ९ लाख रुपैयाँ गायब गर्ने ७ जना पक्राउ

टुडेपाटी–
रौतहट, असार १५ गते ।

रौतहट प्रहरीले अनाधिकृत रुपमा बैँक खातामा पहुँच बनाई लाखौ रुपैयाँ लुट्ने गिरोहका ७ जनालाई नियन्त्रणमा लिएको छ ।

वृन्दावन नगरपालिका ३ बस्ने रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको वृन्दावन शाखा कार्यालयमा रहेको खाताबाट ९ लाख रुपैयाँ गायब गर्ने गिरोहका ११ जनाको पहिचान भएकोमा ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

गत जेठ ५, ६ र ७ गते दैनिक ३÷३ लाखको दरले ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा अनाधिकृत रुपमा ट्रान्सफर गरी ठगी गरेको घटनामा ७ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका १६ नगवा बस्ने २१ वर्षीय राज नारायण चौरासिया, बिरगंज १९ केहुनी विन्दाबासनी बस्ने २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखाको बैदेश्वर गाँउपालिका ५ सिमबारी टोल बस्ने २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोकको भुम्लु गाँउपालिका ९ पिङगोला बस्ने १९ वर्षीय महेश थापा, उदयपुरको रौउतामाई गाँउपालिका २ भुट्टार बस्ने २० वर्षीय केवल रास्कोटी, सिरहाको मिर्चैया नगरपालिका ८ भगवानपुर बस्ने १९ वर्षीय दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वा बस्ने २३ वर्षीय श्रवण दास रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाईल, विभिन्न व्यक्तीहरुको विभिन्न बैंकको १५ थान एटीएम कार्ड, मोटरसाईकल १ थान र ६६ हजार नगद बरामद गरेको हो ।

Sponsored

पक्राउ परेकाहरुले अनाधिकृत रुपमा बैंकको खातामा पहुच पुर्‍याई विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुलेको हो । उनीहरुले अनाधिकृत रुपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैरकानूननी तवरले निकाली आर्थिक लाभ लिने गरेका थिए । यसका साथै विभिन्न व्यक्तीहरुलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाईल अनलाईन बैकिङको युजरनेम र पास्वर्डसमेत पहुचमा लिई खाताहरुबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *