TodayPati

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

टुडेपाटी–
बिराटनगर, असार १५ गते ।

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो ।

Sponsored

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिएकोमा पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।

बैठकमा ८९ सदस्यमात्र उपस्थित थिए । जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो ।

कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

Sponsored

२०७९ मंसिरमा भएको चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *