जनकपुरमा आलु प्याज व्यवसायीको प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, असार १३ गते ।
जनकपुरधाममा आलु प्याज व्यवसायीले प्रदर्शन गरेका छन् । सरकारले आलु र प्याजमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै आलुप्याज व्यवसायी प्रदर्शन गरेका हुन्
जनकपुरको पेठिया बजारबाट दर्जनौंको संख्यामा निस्केका आलुप्याज व्यवसायी हातहातमा आलु प्याजमा सरकारले लगाएको १३ प्रतिशत भ्याट खारेज गर, खुल्ला नाका बन्द गर लेखिएको ब्यानर र प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
प्रदर्शन जनकचोकमा पुगेर कोणसभामा परिणात भएको थियो ।
कोणसभामा बोल्दै जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जे कुरामा पनि भ्याट लगाउने कदमले सरकारसंग राज्य संचालनको कुनै योजना नै नरहेको तर्क गरे । आलुप्याजमा भ्याट लगाउँदा व्यवसायी र नागरिक ठूलो मारमा पर्ने भएपनि नागरिक समाज यो विषयमा आवाज नआउनु दुर्भाग्य रहेको उनको अध्यक्ष महासेठको तर्क छ ।
ुबैकल्पिक रुपमा अर्थतन्त्र मजवुत बनाउने तिर नलागेर सरकार जनताको उपभोग्य हरेक समान्य खाद्य वस्तुमा कर लगाइरेका छन् । सीमामा तस्करी रोकन सरकारको ध्यान गएको छैनु उनले भने ।
भ्याट थपेको कारण व्यवसायीको लगानी डुब्ने स्थिति आउँदा बाध्य भएर आन्दोलनमा उत्रेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष अलाउदिन राइनले बताए । चाँडोभन्दा चाँडो आलुप्याजमा लगाएको भ्याट खारेज नगरे किराना, फलफुल, आलुप्याजको विक्रीवितरण बन्द गगरी सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।
Sponsored