बजेट पारित भएपछि सीके राउतले लेखे जनतालाई झुक्याउन मात्र सांसदले विरोध गरे
टुडेपाटी-
काठमाडौं, असार १३ गते ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सांसदहरुले जनतालाई झुक्याउनका लागि मात्र सांसदहरूले विरोद गरेको आरोप लगाएका छन् ।
एक महिनासम्म संसदमा आफैंले विरोध गरेको बजेट अन्तिममा ताली पड्काएर पारित गरेको भन्दै उनले अरु मधेश केन्द्रित दलको आलोचना गरेका छन् ।
१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेट बुधबार बहुमतले पारित भएको छ ।
बजेट पारित भएपछि जनमत पार्टीका अध्यक्ष राउतले संसदमा जनता झुक्याउनका लागि मात्र सांसदहरुले बजेटको विरोध गरेको फेसबुकमा स्टाटस लेख्दै टिप्पणी गरे ।
‘एक महिनादेखि घोर विरोध गरिरहेको, जनता र गरीब विरोधी घोर असमान बजेटलाई, ताली पड़काएर सांसद्हरूले आफैंले पारित गरे । जसपा, लोसपा, नाउपा र स्वतन्त्र सांसद्हरूले मात्रै पनि ताली बजाएर मत नदिएको भए यो मधेश र जनता विरोधी बजेट आज पारित हुने थिएन, संसद्को गरिमा रहनेथ्यो, एक महिना छलफलको सार्थकता रहनेथ्यो, सांसद्को मर्यादा रहनेथ्यो’ राउतले भनेका छन् ।
Sponsored
उनले लेखेका छन्, ‘…तर दुर्भाग्य । सांसद्हरूको विरोध त फगत जनतालाई झुक्याउनलाई गरिएको नौटंकी न हो। यो संसद् नभएर नाटकघर मात्रै हो ।’
राउतले भने आफ्नो पार्टीले बजेटको विपक्षमा मतदान गरेको बताए ।