सर्लाहीबाट स्रोत नखुलेको झण्डै १८ लाखसहित दुई भारतीय पक्राउ
टुडेपाटी-
सर्लाही, वैशाख २५ गते ।
सर्लाहीबाट स्रोत नखुलेको अवैध रुपैयाँसहित दुईजना भारतीय पक्राउ परेका छ । सर्लाहीको मलंगवा नगरपालिका २ स्थित भन्सार चेकपोष्टबाट करिब १७ लाख ९० हजार रुपैयाँसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको पतनपुर घर बताउने ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश सर्लाहीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त नेपाली रुपैयाँ फेला परेपछि पक्राउ गरेको थियो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामदरुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।
Sponsored