TodayPati

भारतमा ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, मोदीले बोलाए आपतकालीन बैठक

एजेन्सी-

नयाँदिल्ली, वैशाख २५ गते ।

भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । एक सयभन्दा बढी मानिसहरुको अहिले अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

Sponsored

एलजी पोलिमर कारखानामा बिहान स्थानीय समयअनुसार तीन बजे उक्त दुर्घटना भएको थियो । मानिसहरू सुतिरहेको समयमा उक्त ग्यास लिक भएको हो । दुर्घटनाको मारमा परेका मानिसहरुमा आँखा पोल्ने र श्वासप्रश्वासमा अप्ठ्यारो हुनेजस्तो समस्या देखिएको छ ।

एलजी कम्पनीले अहिले यो घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसबाट प्रभावित भएका मानिसको शीघ्र उपचारको प्रयास पनि भइरहेको बताएको छ । यसै विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको कारण कारखाना गत मार्च २४ देखि बन्द थियो । लकडाउनमा केही छुट दिइएसँगै यो कारखाना खुलेको थियो । कारखाना खुलेसँगै दुर्घटना भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *