महोत्तरीमा सीमा खुलेको हल्लाले संयौ नेपाली छिरे भारतीय बजार, धेरै उत्तै घेरिए
टुडेपाटी
जनकपुरधाम, वैशाख २५ गते ।
कोरोना संक्रमण फैलिन नदिन नेपाल भारत सीमा पूर्ण रुपमा सिल गरिएको बेला महोत्तरीबाट पाँचसय बढी नेपाली भारतीय बजार छिरेका छन् । बिहीबार साँझ सीमा दुईघण्टाको लागि खुलेको हल्ला फैलिएपछि महोत्तरीको मठिहानी नाकाबाट झण्डै पाँसय सयभन्दा बढी नेपाली घरायसी समाना किनमेल गर्न भारतीय बजार मधवापुर छिरेका छन् । तर स्थानीय प्रशासनले तुरन्तै कडाइ गरेपछि धेरैजना फर्किन सफल हुँदा पनि डेढसयभन्दा बढी व्यक्ति उत्तै रोकिएका छन् ।
बिहीबार साँझ ६ बजे मठिहानी नगरपालिका २ का पाँचसय बढीको संख्यामा स्थानीय नेपालीहरु मधवापुर बजार पसेका थिए । तर केहि बेरमै दुवै तर्फका सुरक्षाकर्मीले सीमामा कडाइ गरेपछि धेरै नेपालीहरु उत्तै घेरिएको स्थनीय अर्जुन साहले बताए । समाजिक सञ्जालमा उनले लेखेका छन् ‘सीमा नाका केहि समयको लागि खुल्दा ५ सयभन्दा बढी नेपाली मधवापुर बजार गएका थिए ।’ प्रशासनको उपस्थितिमा सीमानाका कसरी खुल्यो ? भारतीय बजारमा समान किन्न गएका नागरिक फेरी कसरी नेपाल आउने ?’
स्थानीयका अनुसार झण्डै डेढसय स्थानीय नेपाली मधवापुर बजारमै घेरिएका छन् । धेरैजना तुरन्तै फर्किन सफलभएपनि झण्डै डेढसय नेपाली भारतमै घेरिएका हुन् ।
यता शसस्त्र प्रहरीले भने सीमा नखुलेको र कोहि पनि सीमापारीको बजार जान नपाएको दावी गरेको छ । महोत्तरीका सशस्त्र प्रहरीका एस्पी निरकृष्ण अधिकारीले साँझ ६ बजेतिर दुईघण्टाको लागि सीमानाका खुलेको हल्ला फिजाएपछि धेरै स्थानीय भारतीय बजारका लागि जान खोजेको तर दुबै तर्फका सुरक्षाकर्मीले कडाइ गर्दा कोहि पनि जान सफल नभएको दावी गरे ।
Sponsored