पर्सामा चट्याङ लागेर ६ वर्षीया बालिकाको मृत्यु
टुडेपाटी-
पर्सा, वैशाख २५ गते ।
पर्सामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका २ पाँडेपुरमा स्थानीय राजु साहकी ६ वर्षीया छोरी उषाकुमारी साहकी मृत्यु भएको हो ।
बिहीबार बिहान हावाहुरीसहित मेघ गर्जेर पानी परेको समयमा उषा बेहोस भएकी थिइन् । उषाको शरीरमा कुनै चोटपटक नदेखिए पनि उनको मृत्यु चट्याङ लागेर भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले घटना स्थल पुगेर शवको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको जनाएको छ ।