अदालतको फैसला धनुषाको मालपोतले नमानेको आरोप
टुडेपाटी–
जनकपुरधाम, जेठ ३१ गते ।
उच्च अदालतले फैसला गरेपनि एक विवादित जग्गाको मालपोत कार्यालय धनुषाले जग्गा धनीमा नाम दर्ता गरी लालपूर्जा (जग्गाधनी प्रमाणपत्र) दिन आनाकानी गरिरहेको आरोप लगाइएको छ ।
जनकपुरधाम १० निवासी विनोद लाल कर्णले एक पत्रकार सम्मेलन आयोजना गरी उच्च अदालत जनकपुरधामले आफ्ना पक्षमा फैसला गरेपनि मालपोत कार्यालय धनुषाले जग्गाधनी महलमा आफ्नो दर्ता गरेर लालपूर्जा एक÷डेढ महिनादेखि आजभोली गर्दै दौडाई रहेको आरोप लगाए ।
कर्णले भने आफ्नो हजुरआमा सरयुगवती कायस्तनीको नाममा रहेको कि.नं. ५९ को एक कट्ठा १६ धुर जग्गा जालसाजी गरेर सुरज देवीले फर्जी मोही कायम गराई जनकपुरधाम १३ का पूर्वअध्यक्षलाई विक्री गरेको उच्च अदालतले तिनीहरुको हकदाबी बदर गरी जग्गाधनी प्रमाणपत्र पूर्जा उपलब्ध गराउन दिन आदेश दिएपनि मोलपोत कार्यलयका प्रमुखले आजभोली गर्दै आलटाल गर्दै आएको छ ।
जिल्ला अदालत धनुषाले सुरजदेवीकै पक्षमा फैसला गरेपछि विनोदलाल कर्ण उच्च अदालतमा पुनरावेदन गरेको थियो । सो पुनरावेदनको सुनुवाई गर्दै उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाई मालपोत कार्यालय र गुठी संस्थान जनकपुरले गरेकोे निर्णय तथा विपक्षीहरुको गरेको मिलापत्र समेत बदर गरिसकेको अवस्थामाा मालपोत कार्यालयका प्रमुख तयूब राईनले आलटाल गरिरहेको कर्र्णले भने । पत्रकार सम्मेलनमा उनले भने उच्च अदालत मात्र होइन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय समेतले अदालतको आदेश कार्यान्वयन गर्न निर्देशन दिएपनि बेवास्ता गरिदै आएको छ ।
यस सम्बन्धमा मालपोत कार्यालयका प्रमुख तयूब राईनले भने आफूमाथि लगाइएको आरोप सरासर गलत रहेको दावी गरे ।
Sponsored
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउंंदै गुठी संस्थान धनुषाले २०७१÷३÷०१ मा र मालपोत कार्यालय धनुषाले २०७१÷१०÷२६ गरेको निर्णय बदर गरेकोे हो ।
‘जग्गाधनी को हुने भए छुटयाएको छैन । जग्गा कसको हुने बारे त्यसमा गौण भई मुद्दाको अन्तिम किनारा लागेपछि फैसला बमोजिम गर्नु भनेको छ । अन्तिम किनारा लागेको प्रमाण लिएर आउन भनेका छौं’, उनले भने ।