TodayPati

मधेश प्रदेश : चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

टुडेपाटी–
सर्लाही, जेठ ३२ गते ।

सशस्त्र प्रहरीले सर्लाहीको बसबरिया गाउँपालिका–५ पोखरिया इलाकाबाट ५ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल र बिँडीसहितको दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली गरेर अबैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३६ थान मोबाइल र ४ बोरा बिँडी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराले नियन्त्रणमा लिएको हो ।

Sponsored

सामान ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामानसहित मोटरसाइकल छाडी फरार भएका थिए ।

नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *