महोत्तरीको भिठामोडमा एकै परिवारका जनकपुरका तीनजना कुटिए
टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।
महोत्तरीको भिठामोडमा पानी किन्ने विवादमा जनकपुरका एकै परिवारका तीनजना कुटिएका छन् ।
महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डा घर भई जनकपुरधाम उपमहानगरपालिका ६ बस्दै आएकी ३६ वर्षीया सविता महतो, उनका भाई द्वय ३२ वर्षीय सुजित साह र २५ वर्षीय सुनिल साह कुकिटएका हुन् ।
भारतबाट फर्किरहेका उनीहरु स्थानीय शिवम होटेलमा पानी किन्न पुगेको बेला बिबाद भएको थियो । सोही क्रममा होटल संचालकसहितले तीनैजनामाथि निर्घात कुटपिट गरेको पीडितले बताएका छन् ।
एकबोतल खाने पानी किन्दा ५० रुपैयाँ भाररु उनीहरुले दिएका थिए । तर होटेल संचालकले नेपाली रुपैयाँ दिनु पर्ने नत्र पानी नदिने भनेपछि विवाद भएको थियो । त्यसै क्रममा संचालकसहितले आफूहरुमाथि कुटपिट गरेको पीडित सुजित साहले दुखेसो पोखे ।
सोविताको तालुमा फुटेको छ भने सुजितको टाउकोमा फुटेको छ । सुनिलको कान र पिठ्युमा गहिरो चोट लागेको छ ।
Sponsored
उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । विवाद पश्चात प्रहरी घटनास्थल पुगेको तर, कुटपिट गर्नेहरुलाई पक्राउ नगरेको पीडितहरुको गुनासो छ ।
यता महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटना विषयमा बुझ्ने प्रयास गरिरहेको र दोषीलाई कारबाही गरिने बताए ।
Yesto sale ko pasal nai band gar dinu parxn