TodayPati

सर्लाहीबाट १८ लाख अवैध रकमसहित ४ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, जेठ २५ गते ।

सर्लाहीबाट अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् । बागमती प्रदेश–०१–०२६ च ०२९९ नम्बरको कारमा लुकाइ लैजाँदै गरेको १८ लाख रकमसहित चारजनालाई पक्रेको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, कारमा सवार सुनसरीको बरहाक्षेत्र नगरपालिका ४ घर भई हाल काठमाण्डौ काडाघारी बस्ने वर्ष ३१ का मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ बस्ने वर्ष ३१ का दिपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका ४ बस्ने वर्ष ४४ का विमल तामाङ रहेका छन् ।

Sponsored

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका ११ स्थित पूर्वतर्फ जाँदै गरेको सो कारलाई शंकाको आधारमा चेकजाँच गर्दा कारको पछाडि डिकीमा लुकाइ राखेको अवस्थामा १८ लाख रुपैयाँ फेला परेको हो ।
उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *