मधेश सरकारको गृह मन्त्रालय घेरे जनयुद्धका सहिद परिवार
टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।
जनयुद्धका सहिद परिवारले बुधबार मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । सरकारको मधेश सहिद प्रतिष्ठानले दिने घोषणा गरेको एक लाख रुपैयाँ यसपटक नदिएको भन्दै दर्जनौं सहिद परिवारले मन्त्रालय घराउ गरेका हुन् ।
विभिन्न जिल्लाबाट आएका जनयुद्धका सहिद परिवार मन्त्रालय घेराउ गर्नु अघि मुख्यमन्त्री सरोजकुमार यादव समक्ष डेलिगेसन पुगेका थिए ।
उनीहरुले तत्काल एकलाख रुपैयाँ उपलब्ध गराउन माग गरेका छन् ।
मधेश सरकारले गत वर्ष नै जनयुद्धमा सहिद भएका परिवारलाई किस्तामा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीनवर्षसम्म एक एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक सहिद परिवारले पाएका छैनन् ।
गत फाल्गुन २९ गते सरकारले राजपत्रमा प्रकाशन गरेको सहिदको नाम र ठेगानाको आधारमा दिने भनेको छ। तर सहिद परिवारले गत वर्ष जस्तै प्रमाण पत्रको आधार पाउनु पर्ने सहिद परिवारको माग छ । सहिद घोषणामा कतिपयको नाम र ठेगाना गलत भएकाले प्रतिष्ठानले सच्याएर मात्र दिने र सोकाम सरकारको भएको सहिद परिवारका सदस्य राजु महतोको भनाइ छ ।
Sponsored
असाढ मसान्त भित्र राहत रकम नपाए छुट्याइएको बजेट फ्रिज हुने र नपाउने चिन्ता सहिद परिवारलाई छ ।