TodayPati

सिद्धार्थ बैंकद्वारा जनकपुरको राम मन्दिर परिसरमा सरसफाइ र वृक्षारोपण

टुडेपाटी

जनकपुरधाम, जेठ २२ गते ।

सिद्धार्थ बैंकले जनकपुरको राम मन्दिर परिसरमा सरसफाइसहित वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवसको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ बैंक लिमिटेडले सरसफाइ र वृक्षारोपण गरेको हो ।

Sponsored

बैंकको मधेश प्रदेश कार्यालय अन्तर्गत जनकपुरको तीन शाखा मिल्स एरिया, विद्यापतीचोक, रामानन्द चोक शाखा र एक्सटेन्सन काउन्टर मालपोत कर्यालय जनकपुरले संयुक्तरुपमा सो कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन महाविर युवा कमिटी सँगको सहकार्यमा राम मन्दिर परिसरमा विभिन्न प्रजातिका ५० भन्दा बढी रुखको विरुवा रोपेको बैंकका कर्मचारी कृष्ण गुप्ताले जानकारी दिए ।

त्यस्तै सर-सफाई प्रयोजनका लागि बैंकले महावीर युवा कमिटिका अध्यक्ष्य वलराम साहलाई ७ वटा डस्टविन प्रदान गरेको छ।

Sponsored

सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा सिद्धार्थ बैंकका प्रदेश प्रमुख रामजी बानिया, तीनवटा शाखाका प्रबन्धक अर्ण बहादुर बलम्पाकी, अजय यादव र सुशान्त साहसहित बैंकका ४० जना कर्मचारी, महाविर युवा कमिटीका प्रतिनिधि लगायतको सहभागीता थियो ।

संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष “प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *