सर्वोच्चले संसोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि धनुषामा विरोध प्रदर्शन
टुडेपाटी–
जनकपुरधाम, जेठ २२ गते ।
नागरिकता विहिन युवाहरुले धनुषाको महेन्द्रनगरमा सडक अवरुद्ध गर्दै चक्का जाम गरेका छन् ।
युवाहरुले ढल्केवर–जनकपुरधाम सडक खण्ड अन्तर्गत महेन्द्रनगर सडक खण्डमा टायर बालेर बाटो अवरुद्ध गर्दै प्रदर्शनमा उत्रेका हुन् ।
सडक अवरुद्ध हुँदा जनकपुरधामबाट छुट्ने छोटो तथा लामो दुरी सवारी साधन र देशको विभिन्न ठाउँबाट जनकपुरधाम पुग्ने सयौं सवारी साधनहरु महेन्द्रनगरमा रोक्किनु परेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वोच्च अदालतले आदेश दिएपछि नागरिकताविहिन युवाहरुले अदालत र विधेयकको विरोध गर्ने पार्टीहरु विरुद्ध प्रदर्शनमा उत्रेका छन्।
Sponsored