TodayPati

मधेशमा समाज र सञ्चार कार्यक्रम सुरु

टुडेपाटी-
जनकपुरधाम, जेठ १२ गते ।

मधेश प्रदेशमा प्रदेशमा नागरिक समाज र सञ्चार कार्यक्रम (सीएसएम) प्रारम्भ भएको छ । अन्तराष्ट्रिय विकास नियोग युएसएआईडीको सहयोगमा नागरिक समाज र सञ्चार कार्यक्रम सुरु भएको हो ।

शुक्रबार जनकपुरमा एक समारोहबीच मधेशकी बिना विभागीय मन्त्री सुरिता साहको र युएसएआईडी नेपालका निमित्त निर्देशक क्यारेन वेल्चले संयुक्त रुपमा कार्यक्रमको उदघाटन गरेका छन् । युएसएआईडीको सहयोग आर्थिक सहयोगमा द एसिया फाउन्डेशनद्वारा यो कार्यक्रम संचालन हुने छ ।
यस कार्यक्रमले सबै वर्ग र समुदायको अधिकार र पहुँच अभिवृद्वि गरी लोकतन्त्रको सवलीकरण गर्ने मूल उद्देश्य रहेको युएसएआईडी नेपालकी निमित्त निर्देशक क्यारेनले बताइन् ।

Sponsored

एक करोड ८५ लाख अमेरिकी डलर सहयोगमा मधेश र लुम्बनी प्रदेशमा कार्यान्वयन हुने छ । प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री साहले ग्रामिण क्षेत्रमा सीमान्तकृत समुदाय र मिडियाको क्षमता अभिवृद्विको काम चुनौतीपूर्ण रहेको बताइन् । यो कार्यक्रम सफल भए मधेशको स्मृद्वि सहज हुने उनको भनाइ थियो ।

स्थानीय सरकार संग समन्वय एवं साझेदारी गरी कार्यक्रमलाई प्रभावकारी बनाउने द एसिया फाउन्डेशनकी नेपाल प्रतिनिधी मेगन नाल्बोले बताइन् ।
कार्यक्रममा सीमान्कृत समुदायको विद्यमान अवस्था, मिडियाको मुद्दा सहितको विषयलाई समेटेर मिनापले नाटक मञ्चन गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *