TodayPati

मधेशमा ९० प्रतिशत नागरिक दुषित पानी पिउँदै

टुडेपाटी–
जनकपुरधाम, जेठ १० गते ।

मधेश प्रदेशमा ९० प्रतिशत मानिसले अझैपनि जीवाणुयुक्त खानेपानी खाइरहेको एक तथ्याङ्कले देखाएको छ ।

ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय मधेश प्रदेश सरकारको आयोजनामा सम्पन्न खानेपानी तथा सरसफाइ सम्बन्धी सम्मेलनमा सो विषयमा जानकारी गराएको हो ।

Sponsored

सप्तरी, सिरहा, धनुषा र महोत्तरी गरी चार वटा जिल्लाको सहभागिता रहेको उक्त सम्मेलनमा युनिसेफद्वारा जारी गरिएको एक तथ्याङ्कअनुसार नेपालको सम्पूर्ण जनसङ्ख्याको २४ प्रतिशत मानिसको पहुँचमा मात्रै शुद्ध खानेपानीमा रहेको छ ।

मधेश प्रदेशमा त्यो भन्दापनि कम १० प्रतिशत मानिसले मात्रै शुद्ध खानेपानी खान पाएको उक्त तथ्याङ्कले देखाएको छ ।

यस्तै, मधेश प्रदेशका सहरी क्षेत्रमा तीन प्रतिशत नागरिकमा अझै खानेपानीको पहुँच छैन भन्ने ग्रामीण भेगका ०.६ प्रतिशत नागरिकमा खानेपानीको समस्या अझै कायम छ ।

Sponsored

प्रदेशमा ६७ प्रकारको पानीको स्रोत रहेपनि ९० प्रतिशत जनताले अझै ब्याक्टेरिया युक्त खानेपानी खाइरहेका छन् । २.१ प्रतिशत मानिस उच्च आर्सेनिक र ९.८ प्रतिशतले न्यून आर्सेनिक भएको पानी खान बाध्य छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *