TodayPati

नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्छ : निधि

टुडेपाटी-
काठमाडौँ, जेठ १० गते ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर रहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्।

आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दावीसमेत गरे।

Sponsored

संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि उनले सुझाव दिए।

‘नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ अरे भनेर सुनेको छु। म सभामुखमार्फत् सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद नै हुन्छ। पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन। र त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ। मन्त्रिपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन। यो संविधानसम्मत कुरा नै हो। त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाहिँ सम्पूर्ण रूपमा सक्रिय भइदिनु पर्‍यो भन्ने कुरा राख्न चाहन्छु’, उनले भने ।

संघीय संसदले दुई-दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरि संसदमा आउन नहुनेसमेत उनले बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *