TodayPati

मुसहर समुदायद्वारा विद्युत प्राधिकरण गौशाला घेराउ

टुडेपाटी-
जनकपुरधाम, जेठ ४ गते ।

महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुर मुसहर समुदायले बुधबार विद्युत प्राधिकरण वितरण केन्द्र गौशाला घेराउ गरेका छन् ।

प्राधिकरणका लापरवाहीविरुद्ध बुधबार प्राधिकरण वितरण केन्द्र गौशाला घेराउ गरेको लक्ष्मी सदाले बताए ।

Sponsored

उनका अनुसार मुसहर बस्तीमा प्रत्येक महिना ३-४ पटक लाइन कट्ने गरेको छ । दलित बस्ती भनेरै ३-४ दिनसम्म लाइन नजोडिदिने गरेका कारण प्राधिकरणको बदमासीविरुद्ध खबरदारी गर्दै कार्यालय घेराउ गरिएको हो । ३-४ दिनसम्म विजुली कट्दा रातिको समयमा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

अब पनि दलित वस्ती भनेर प्राधिकरणले बेवास्ता कायमै राखे कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *