जनकपुरधामको फुटपाथमा सामग्री राखे जफ्त गरिने !
टुडेपाटी–
जनकपुरधाम, जेठ २ गते ।
फुटपाथमा कुनै प्रकारको सामग्री राखे कारवाही गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताएका छन् ।
आ–आफ्नो पसल आगाडिको सरसफाइ आफै गर्न व्यवसायीहरुलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले फुटपाथ प्रयोग गरिए सामग्री जफ्त गर्ने चेतावनी दिएका हुन् ।
जनकपुरधामको सडक विस्तार भएपनि फुटपाथमा व्यवसायीहरुले सामान राखेर कव्जा गरेपछि सर्वसाधारणहरु सडकमै हिड्ने गरेका कारण दुर्घटनाको जोखिम बढि देखिएको छ ।
फुटपाथ तथा सडक पेटी व्यवसायीहरुले कव्जा गरेपछि जनकपुरधाम उप–महानगरपालिकाले सुझाव सहित चेतावनी दिँदै अहिले हिडेका छन् ।
जनकपुरधाममा पार्किङ्गको आभाव रहेका कारण सडकको दुवै पट्टि पार्किङ्गको व्यवस्था गरिएपनि सडमा देखिएको चापले सो अस्थायि पार्किङ्गलाई स्थायी बनाउन तिर लाग्नुपर्ने प्रजिअ दाहालले बताए ।
Sponsored