जनकपुर चिकित्सक संघको आग्रह- ‘परामर्श शुल्क कार्यान्वयन गर्नु गराउनु’
टुडेपाटी-
जनकपुरधाम, जेठ २ गते ।
नेपाल चिकित्सक संघ जनकपुरले चिकित्सकको परामर्श शुल्क लागू गरेको छ । १८ चैतमा नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्यूसन नेपाल(अफिन) को संयुक्त बैठकले निर्धारण गरेको परामर्श शुल्क कार्यान्वयन गर्न अनुरोध गरेको छ ।
संघ जनकपुरका अध्यक्ष डा. रामजी यादव र सचिव डा. रामज्ञान यादवले मंगलबार एक विज्ञप्ती जारी गर्दै जेष्ठ १ गतेदेखि परामर्श शुल्क कार्यान्वयन गर्न गराउन यस शाखा अन्तर्गतका सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई आग्रह गरेका हुन् ।
‘….मिति २०८० जेष्ठ १ गते देखि सोही अनुसार लागू गर्ने निर्णय गरिएकोले सो को कार्यान्वयन गर्नु गराउनु हुन यस नेपाल चिकित्सक संघ जनकपुर शाखाका सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ’, विज्ञप्तीमा आग्रह गरिएको छ ।
निजी क्षेत्रबाट संचालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्तिलिई सेवा पुयाउने मेडिकल अफिसर (हाउस अफिसर) हरुको पारिश्रमिकको हकमा न्यूनतम रु ४८,७३७ कायम गर्ने गराउने निर्णय गरिएकोले सोको कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई आग्रह समेत गरिएको छ ।
Sponsored