धनुषामा ४ वटा चोरीको बाख्रासहित एकजना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, जेठ १ गते ।
धनुषा प्रहरीले एकजना बाख्रा चोरलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ५ वस्ने ६८ वर्षीय ताहिर राईन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
गत शनिबार साँझ धनुषाको मिथिला बिहारी नगरपालिका ८ स्थितबाट जनकपुरधाम उपमहानगरपालिका १६ वस्ने रामलाल साहले ५ वटा बाख्रा चोरी भएको प्रहरीमा जानकारी दिएका थिए ।
प्रहरीले बाख्रा खोजतलास गर्ने क्रममा आइतबार बिहान मिथिला बिहारी नगरपालिका १ स्थित ४ वटा बाख्रासहित राईनलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका राईनमाथि चोरी सम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्यादा अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored