नक्कली शरणार्थी टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति
टुडेपाटी–
काठमाडौं, जेठ १ गते ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
उनीसँगै यस प्रकरणमा पक्राउ परेका अन्य १२ जनालाई बुधबार पुनःअदालतमा उपस्थित गराउनुपर्नेछ।
सरकारी वकिल कार्यालयले यसको अनुसन्धान चार दिनमै सकाएर मिसिल बुझाउन निर्देशन समेत दिएको छ। यता अहिले पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान भइरहेको छ।
उनीहरूमाथि प्रहरीले संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ।
Sponsored