TodayPati

धनुषा प्रहरीद्वारा ५ लाखभन्दा बढीको सामान बरामद

टुडेपाटी–
जनकपुरधाम, जेठ १ गते ।

धनुषा प्रहरीले पाँच लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

सोमबार बिहान करिब ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटेको गस्ती टोलीले ५ लाख २३ हजार ४ सय बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार प्रहरीको टोलीले जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना सामाग्रीहरू, लत्ताकपडा, ईलेक्ट्रोनिकका समानहरु र मोटरसाईकल ३ थान बरामद गरिएको छ ।

बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *