TodayPati

मिटरब्याजीविरुद्ध १२ दिनमा ३ हजार ७६९ उजुरी

टुडेपाटी–
जनकपुरधाम, बैशाख २९ गते ।

मधेश प्रदेशमा १२ दिनमा करिब ४ हजार मिटरब्याजी विरुद्ध उजुरी परेको छ ।

सरकारले तीन सदस्यीय आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा ३ हजार ७६९ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् ।

Sponsored

धनुषामा ८१३, सर्लाहीमा ६३८, पर्सामा ६००, सिरहामा ४४३, महोत्तरीमा ३९३, सप्तरीमा ३८२, बारामा ३०० र रौतहटमा २०० उजुरी दर्ता भएको प्रशासन कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

आयोगले मिटरब्याज पीडितहरुलाई वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो । यस्तै आयोगले ७ दिन म्याद थप गरेको छ । अब पीडितहरुले जेठ ७ गतेसम्म उजुरी दर्ता गराउनसक्ने छन् । त्यसपछि जिल्ला प्रशासन कार्यालयहरुले आयोगमा अध्यावधिक गर्नेछन् ।

कतिपय उजुरीमाथि प्रशासनले मेलमिलाप गराएको बताइएको छ भने बाँकी उजुरीमा आयोगले नै छानबिन गर्ने जनाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *