TodayPati

जब गुरुको चित्तामा शिष्यले हामफाले …

टुडेपाटी–
जनकपुरधाम, बैशाख २९ गते ।

सिरहाको नेपाल भारत सीमा क्षेत्रमा एक साधुको अन्त्येष्टि भइरहेको चित्तामा शिष्यले पनि आत्मदाह गरेको सार्वजनिक भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा गुरुको दाहसंस्कार भइरहेको बेला यस्तो घटना भएको हो ।

यो घटना गत सोमबारको हो । सिरहाको सुखीपुर नगरपालिका–२ छजनास्थित हनुमान मन्दिरमा बस्ने १२२ वर्षीय साधु विष्णु दासको मृत्यु भयो ।

Sponsored

उनको दाहसंस्कार भारतको सीमावर्ती दशगजा पारी मधुवनीको लक्ष्मीनियाँ गाउँमा गर्न लगियो । चित्ता दनदनी जलिरहेको बेला शिष्य भारतीय गाउँ लक्ष्मीनियाँकै ५५ वर्षीय रामचन्द्र महतोले हामफाले ।

दनदनी बलिरहेको आगोबाट उनलाई तान्न नसकेको स्थानीय बताउँछन् । उनको तत्कालै मृत्यु भएको सुखीपुर नगरपालिका वडा नं। ८ का लक्ष्मण साहले बताए ।

‘साधुको शव आधभन्दा बढी जलिसकेको थियो । आगो जोडजोडले धधकी रहेको बेला शिष्य रामचन्द्र कुदे । तत्कालै तान्ने सकिएन । उनको मृत्यु भयो ।’ लक्ष्मणले साधुको अत्येष्टीमा पुगेका छरछिमेकले सुनाएको बताए ।

Sponsored

उनका अनुसार बरियारपट्टीमा भएको विष्णु महायज्ञमा सहभागी हुन पुगेका उनी केही दिनदेखि छजनाको हनुमान मन्दिरमा आश्रय लिएर बसेका थिए । धनुषाको सबैला नगरपालिका–९ कोल्हुवामोड घर भएका साधु त्यस क्षेत्रका प्रसिद्ध साधु रहेकाले जगजाप गराउँदै हिड्ने गरेका थिए ।

आत्मदाह गरेका रामचन्द्र लामोसमयदेखि साधुसंग बसिरहेका थिए । साधुको चित्तामा हाम फालेर आत्मदाह गरेको भिडियो अहिले समाजिक संजालमा भाइरल भइरहेको छ ।

सिरहाका प्रहरी उपरीक्षक ९एसपी० डेकुनन्दन इवालिम्बुले अन्त्येष्टी सीमा भन्दा ७ सय मिटर दक्षिण लक्ष्मीनिया गाउँका भएकाले आफूहरुसंग रेकर्ड नरहेको बताए । साधु यस क्षेत्रका प्रसिद्ध रहेको र यो घटना भारतमा भएको भन्ने आफ्नो मातहतबाट जानकारी भएको उनको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *