TodayPati

मधेश प्रदेश : होटेल सञ्चालक र यौनकर्मी महिलासहित ७ जना पक्राउ

टुडेपाटी–
रौतहट, बैशाख २१ गते ।

रौतहट प्रहरीले गरुडा बजारबाट दुई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटेको संयुक्त टोलीले गरुडा स्थित अनिता होटेल एण्ड लजमा छापामारी होटेल सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

Sponsored

पक्राउ पर्नेमा होटेल सञ्चालक माधव नारायण नगरपालिका वडा नं. ३ का निरञ्जन यादव, दुई जना यौनकर्मी महिला तथा चारजना पुरुष रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिए ।

बुधबार साँझ अनिता होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिए ।

यसअघि प्रहरीले गौर स्थित होटेल रोयल ईन्दु र साहिवा ब्युटी पार्लरमा छापामारी यौन धन्धामा संलग्न झन्डै एक दर्जन महिला पुरुष तथा सञ्चालकलाई पक्राउ गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *