TodayPati

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

टुडेपाटी–
काठमाडौँ, बैशाख २१ गते ।

मोटरसाइकल दुर्घटनामा परेर बारा जिल्लाका दुईजनाको मृत्यु भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरिखेत स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामापरी मोटरसाइकल चालक बाराको पर्सौनि नगरपालिका ५ का २५ वर्षीय लाल बाबु सहनि मलाह र मोटरसाइकलको पछाडि बसेका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामापरी घाइते भएका मोटरसाइकल चालक मलाहको उपचारको क्रममा हेटौंडा अस्पतालमा र पछाडि बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष टेक बहादुर कार्कीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *