अख्तियारको कार्यालय बर्दिबासमा उजुरीको चाङ
टुडेपाटी–
महोत्तरी, बैशाख १८ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा उजुरीको चाङ देखिएको छ ।
अख्तियारको तथ्याङ्कअनुसार गतवर्ष उजुरी परेकामध्ये स्थानीय तहका ३३ दशमलव १ प्रतिशत भ्रष्टाचारसँग सम्बन्धित छन् । त्यसमध्ये २४ दशमलव २५ प्रतिशत मधेश प्रदेशका जिल्लाबाट छन् ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अख्तियारको बर्दिबास कार्यालयमा ९ स ३३ वटा उजुरी परेका छन् ।
यस्तै, गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ सय ५३ सहित अहिले १ हजार ८ सय ८६ मुद्दाको कार्यालयले अनुसन्धान गरिरहेको छ ।
धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सिन्धुली, रामेछाप, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा गरी ९ जिल्लालाई हेर्ने सो कार्यालयमा सबैभन्दा बढी धनुषाबाट ३६० र सबैभन्दा कम रामेछापबाट ९ उजुरी परेका छन् ।
Sponsored
यस्तै, सिरहाबाट २५१, महोत्तरीबाट १६३, सर्लाहीबाट १७५, सिन्धुली, रामेछाप र खोटाङबाट ३२, सोलुखुम्बुबाट १६, ओखलढुङ्गाबाट २७ र सिन्धुलीबाट ४८ वटा उजुरी परेको छ ।