कामकाजी भाषामा मैथिली, भोजपुरी र हिन्दीलाई मान्यता दिने मधेश सरकारको तयारी
टुडेपाटी–
जनकपुरधाम, बैशाख १८ गते ।
मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सरकारले कामकाजमा मैथिली, भोजपुरी र हिन्दी भाषालाई मान्यता दिने तयारी गरिरहेको बताएका छन् ।
मधेश प्रज्ञा–प्रतिष्ठान मधेश प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिले प्रदेश सरकारको कामकाजको भाषा नेपाली रहेकाले अब मैथिली, भोजपुरी, हिन्दीसहित मधेशमा बोलिने भाषालाई कामकाज भाषाको मान्यता दिने निर्णय गरिने बताए ।
मन्त्री यादवले मधेशमा बोलिने भाषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा प्रतिष्ठान अगाडि बढ्नुपर्ने बताए ।
विगतमा मधेशको भाषा, साहित्य, कला, संस्कृति, गीत÷सङ्गीत र नाट्यकलालाई मास्ने प्रयास भएको दाबी गर्दै मन्त्री यादवले मधेशको प्राचीनतम इतिहास लेखेर जीवन्तता दिने कार्यमा लाग्न प्रतिष्ठानलाई आग्रह गरे ।
Sponsored
सो कार्यक्रममा भाषाविज्ञ प्राडा रामावतार यादवले अहिले सबै भाषा सङ्कटको अवस्थामा रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत÷सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिए ।