एसीसी प्रिमियर कप : नेपाल र यूएईको बाँकी खेल भोलि हुने
टुडेपाटी–
काठमाडौं, बैशाख १८ गते ।
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण आजका लागि स्थगित भएको छ ।
पुनः भोलि यहि अवस्थाबाट सो खेल सुरु हुनेछ ।
टस हारेर ब्यटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।
बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार विहान ९ बजेदेखि सुरु हृुनेछ ।
यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले आइतबार खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् ।
Sponsored
टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी छ ।
भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।