TodayPati

बारा २ का जनता आफ्नै उम्मेदवार छान्ने जमर्कोमा छन् : सिके राउत (अन्तरबार्ता)

टुडेपाटी-
बारा, बैशाख ६ गते ।

बारा क्षेत्र नं. २ को उपचुनावको अब ४ दिन मात्र बाँकी छ । चुनाव जतिजति जनिकिँदै छ आफ्ना उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन डा. सिके राउत उति स्वाभिमान यात्रालाई तिव्रता दिँदैछन् । सप्तरी क्षेत्र नं. २ मा गत मंसिरको चुनावमा पराजित गरेका जसपा अध्यक्ष उपेन्द्र यादव यहाँ पनि उम्मेदवार छन् । उपेन्द्रलाई कडा चुनौती दिँदै योजनाबद्ध रुपले चुनावी मैदानमा खटेका डा. सिके राउतसित टुडेपाटीले गरेको संक्षिप्त कुराकानी !

बारा २ मा कस्तो छ चुनावी माहोला ?
जनता सचेत हुन थालेका छन् । यसपालि आफ्नै उम्मेदवार छान्ने जमर्कोमा जनता छन् । जनताले जनमत पार्टीलाई जिताउने छाँटकाट देखिन्छ ।

Sponsored

मधेश सरकारमा समिकरण फेरिन्छ ?
विपक्षीले भ्रम फ‌ैलाउन थालेका छन् । यसलाई भनिन्छ डरत्रास देखाउने काम । सरकारबाट बाहिरीने भनेर भ्रम फैलाउँद‌ै छन् । यसो गरेर अनावश्यक लाभ लिन खोज्द‌ै छन् । यहाँ याद के राख्नुपर्छ भने जसपाको बहुमत छैन । पहिले गठबन्धनले सहमति समझदारी गरेर जसपालाई नेतृत्व दियो । अहिले न‌ै मुख्यमन्त्री बदल्ने कुरा भएको थियो । तर निर्वाचनको कारण नराम्रो प्रभाव पर्छ भनेर छाडेका छन् । यो मुख्यमन्त्री निर्वाचन पश्चात् फेरिन्छ ।

बारामा उपेन्द्र यादव बलियो छ भन्ने चर्चा छ नि ?
नत कतै काम गरिएको छ । न विकासको पूर्वाधारहरु छन् । खाली मुखले भनेर मात्रै हुँदैन । जनतामा असन्तुष्टि छ ।

संघीय सरकारमा सहभागी हुने नहुने के छ लाइन ?
चुनावपछि खासमा सरकारमा सहभागी हुन्छौं। सरकारलाई समर्थन छँदैछ ।

Sponsored

मधेशमम उपेन्द्र र सिके राउतबिच टकराब छ भन्ने गरिन्छ त्यही भएर आफै चुनावी मैदानमम होमिनु भएको हो ?
निर्वाचन भएपछि पार्टीहरु स्वभाविक रुपमा त्यसमा भाग लिन्छन् । यसलाई अन्यथा कहिले पनि लिनु हुँदैन । सबैले आआफ्नो तरिकाले भाग लिन्छन् । तीन क्षेत्रमा उपचुनाव छ । एउटा क्षेत्रमम मात्र हाम्रो उम्मेदवार छन् । त्यसकारण पार्टी अध्यक्षको नाताले आफै म पनि लागेको छु । पार्टीको प्रभाव बढाउन चाहन्छु । यसमा व्यक्तिगत रुपमा पार्टीको लेनिदेनी केही पनि छैन ।


तपाईंमाथि बहरिया भितरिया उम्मेदवार भनेर भ्रम सृजना गरेको आरोप छ नि ?
यसमा दुईवटा कुरा छ, बाहिरी कुरा तथ्य हो, भ्रम होइन । उहाँहरुको एड्रेस र आकडा हेर्नुस् यो प्रदेशको पनि हुनुहुन्न । अर्को प्रदशबाट आएर जबर्जस्ती उम्मेदवार बनेका छन् । पार्टी लडोस् हामी स्वागत गर्न तयार छौं । उहाँहरु आआफ्नो उम्मेदवार यही क्षेत्रबाट उठाउन सक्नु पर्थ्यो । त्यो चाहिँ गर्नुभएको छैन। त्यसैले बाहिरी भन्ने कुरा एकदम तथ्य हो । भ्रम हुँदै होइन । र यो बारा २ का लागि माइने राख्छ।
यति धुलाम्य सडक, अविकास कतै छैन । जबकि यहाँका जनता निकै मिहिनेती छन् । यो क्षेत्र यति पछाड पर्नुका कारण यहाँका अहिलेसम्म आफ्नो उम्मेदवारले जितेका छैनन् । र नजिचेपछि आफ्नो क्षेत्रसंग लगाव हुँदैन । आक्कल झुक्कल टुरिष्ट जस्तो आउने जाने गर्छन् । खासै मतलब हुँदैन । जवाफदेही बन्दैन। त्यसैले म भन्छु आफ्नो उम्मेदवार जिताउनुस् र विकास ल्याउनुस् ।


बारा २ को चुनाव उम्मेदवार उम्मेदवार बीच हुने हो । तर उपेन्द्र यादब र सिके राउतबिचको चुनाव हो भन्ने गरिन्छ नि !
हैन आम मान्छेले यस्तो भनेका हुन् । हाम्रो लडाइँ कुनै व्यक्ति र पार्टी विशेष भन्दा पनि यसपालि बारा २ का जनताले आफ्नो जनप्रतिनिधि बनाउने कि बहरिया जिताउने, यो चाहिँ मुख्य सवाल बनेको छ ।


उपेन्द्र यादवलाई पराजित गर्ने आधारहरु के के छन् ?
धेरै आधारहरु छन् । सबभन्दा पहिला उहाँ लोकप्रिय भइदिएको भए, राम्रो काम गरेको भए, एउटा पार्टी अध्यक्ष सप्तरी २ बाटै हार्नु पर्ने अवस्था नै आउँदैन्थ्यो । हामी त एकदम नयाँ पार्टी थियौं । साधनस्रोत थिएन । स्थानीय तहमा पनि हाम्रो उपस्थिति न्यून थियो । संगठन थिएन । यति हुँदाहुँदै उहाँ दोब्बर मतले पराजित हुनु भयो ।त्यसले उहाँको धरातलीय यथार्थ के छ भन्ने कुरा पुष्टि गर्छ । सप्तरीमा जितेर पाँच वर्ष काम गरेर जित्नु भएन भने बारामा जित्ने केही आधार नै छैन ।


उपेन्द्रसित पाँचदलीय गठबन्धन छ नि !
त्यतिबेला पनि गठबन्धन थियो । पत्रकारहरुले आकडा देखाएर मलाई सोध्नु हुन्थ्यो । यो विश्लेषण काम लाग्दैन । किन भने जनताले खुलेर भन्छन् गठबन्धन त नेताहरूले पो गरेका हुन् । जनताले थोरै गठबन्धन गरेका छन् । नेताको स्वार्थ पूरा गर्न हामीले किन आहुति दिने ? हामी त राम्रो जनप्रतिनिधि छान्ने नि ! यदि हाम्रो पार्टीबाट उठेका छैनन् भने जो राम्रो छ त्यसलाई दिन्छु ।
तपाईंको अभिव्यक्ति अराजक छ भन्ने आरोप छ ?
मेरो कुन अभिव्यक्ति अराजक हो । उहाँहरुको अराजकता आतंकवादी गतिविधि भन्दा कम छ । जस्तो गौर नरसंहार ।उहाँको नेता जनप्रतिनिधिहरुले जुन गरिरहनु भएको छ त्यो अराजक हो ।


तपाईहरुले भनी राख्नु भएको छ नि शेर अकेला ही आता है ?

त्यो हामीले होइन । जनताले भनिरहेका छन् । त्यत्रो बलियो भएको भए एकलै पनि आउनु पर्थ्यो । भन्न ठूला पार्टी हौं हामी । ठूला पार्टी भए एकलै आउनु पर्दैन । राष्ट्रिय अध्यक्ष एकलै आउनु पर्दैन । कति डराएका छन् कि पाँचपाँच वटा ठूला दल गठबन्धन गरेर चुनावमा भाग लिएका छन् । त्यसले कती कमजोर छ भन्ने देखाउँछ ।

बारामा उपेन्द्र यादवले मुख्यमन्त्री दिएका छन्, उपराष्टपति दिएका छन् । उपेन्द्रको ठूलो योगदान छ भनेर चुनाव जित्ने आधार हो भन्ने गरिन्छ ?
आफू सांसद छिर्न ग्राइनडिजाइन अन्तर्गत यस्तो गर्नु भयो । मलाई यसो गर्न मुख्यमन्त्री दिनुपर्छ, उपराष्टपति दिनु पर्छ । उपराष्टपति पद राम्रो थियो भने आफै जानू पर्थ्यो नि ! बाराबासीले के पायो । मुख्यमन्त्रीको बिगतबाट यति आजित छन् । जनतामा गएर बुझ्नुस् । सांसदमा जसरी पनि चोरबाटोबाट छिर्न षड्यन्त्र गरेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *