TodayPati

नेपाल रेल्वेले विज्ञापन रद्द भएको झण्डै अढाई वर्षपछि दस्तुर फिर्ता गर्ने

टुडेपाटी-
जनकपुरधाम, बैशाख ६ गते ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले रद्द भएको विज्ञापन वापतको दस्तुर फिर्ता गर्ने भएको छ ।

नेपाल रेल्वे कम्पनीले २०७७ साल भदौ २९ गते विभिन्न पदका लागि करारमा कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान गरेकोमा विज्ञापन रद्द भएपनि दर्खास्त भर्नेले सो वापतको दस्तुर अहिलेसम्म फिर्ता पाएका छैनन् ।

Sponsored

सोमबार नेपाल रेल्वे कम्पनीले सूचना प्रकाशित गर्दै ३५ दिन भित्र कार्यालय समयमा निवेदनका साथमा सक्कल बैंक भौचर र नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित केन्द्रीय कार्यालय जनकपुरधाममा सम्पर्क राख्न भनेको छ ।

रेल्वे कम्पनीले करारमा विभिन्न २९ पदको लागि १ सय २९ जना कर्मचारी माग्दा ३२ हजार ६ सय ८६ जनाले दरखास्त भरेका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *