TodayPati

जनकपुरधामबाट अनलाइन ठगी आरोपमा पक्राउ परेकामध्ये २ जनामाथी मुद्दा चलाइयो

टुडेपाटी–
जनकपुरधाम, बैशाख ५ गते ।

धनुषा प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट पक्राउ गरेकामध्ये २ जना विरुद्ध मुद्दा प्रकृया अगाडी बढाएको छ ।

प्रहरीले गत चैत २० गते जनकपुरधामको पिराडी चौकबाट अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिएको थियो ।

Sponsored

पक्राउ परेका २३ जनामध्ये २ जनामाथी मुद्दा प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

सत्यानन्द राम र विजय सिंहमाथी राष्ट्र बैंक कसुर अन्तर्गतको मुद्दा चलाइएको उनले बताए ।

बाँकी २१ जनालाई तारिखमा छोडिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *