TodayPati

महोत्तरीको गौशाला नगरपालिकाले गर्यो जग्गाको वर्गीकरण

टुडेपाटी–
महोत्तरी, चैत ३० गते ।

महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ ।

भूउपयोग नियमावली २०७९ ले निर्देश गरेको मापदण्डको आधारमा जग्गा वर्गीकरण गरेको नगरपालिकाले जनाएको छ ।

Sponsored

नगरप्रमुख डा. दीपेन्द्र महतोले पाँच महिना लामो अथक प्रयासपछि वर्गीकरण सम्पन्न भएको बताए ।

वर्गीकरणमा संलग्न प्राविधिक सर्वेक्षकका अनुसार नापी विभागले उपलब्ध गराएको विवरणमा गौशाला नपाको भूभागमा ४३ हजार ८५० कित्ता छन् ।

ती कित्तालाई भूउपयोग क्षेत्र र भौगोलिक अवस्थितिको आधारमा कृषि, वन, नदी, खोला तथा सिमसार, आवास, व्यवसाय, सांस्कृतिक पुरातात्त्विक क्षेत्र, सार्वजनिक उपयोग, खानी तथा खनिज र औधोगिक गरी १० क्षेत्रमा वर्गीकरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *