TodayPati

मधेश प्रदेश :  विद्युत चुहावट गर्ने पाँचजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत ३० गते ।

धनुषामा विद्युत चुहावट गर्ने पाँच जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय र विद्युत् वितरण शाखा कार्यालय यदुकुवाबाट खटेको संयुक्त टोलीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

आज बिहान करिब ५ः४० बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका अन्तर्गतका मानिसहरूलाई विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका उनीहरू थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेको छ । 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *