TodayPati

मधेश प्रदेश : स्रोत नखुलेको रकमसहित ३ जना पक्राउ

टुडेपाटी–
सर्लाही, चैत २२ गते ।

सर्लाहीमा स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ र ५ लाख नेपाली रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाको कविलासी नगरपालिका–८ बाट सशस्त्र प्रहरीले नगदसहित ३ जनालाई पक्राउ गरेको हो ।

Sponsored

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–११ बस्ने ४५ वर्षीय गान्धि साह सोनार, रुपन्देही घर भएका ३५ वर्षीय राजेश बनियाँ र भारतीय नागरिक १९ वर्षीय अनिल शाह रहेका छन् ।

नम्बर १० गण सर्लाहीबाट खटिएको टोलीले अवैध नगदसहित तीनैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको प्रदेश नं। २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सो नगद भेटिएको थियो ।

Sponsored

आवश्यक कारबाहीको लागि उनीहरुलाई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डीएसपी थापाले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *