TodayPati

जनकपुरमा राहत लिन पुगेका गरिबमाथि प्रहरीले फेरी गर्यो लाठी चार्ज

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

जनकपुरमा राहत लिन पुग्दा प्रहरीको लाठीबाट कानको जाली फुटेको घटना सेलाउन नपाउँदै राहत लिन पुगेका अर्का गरिब व्यक्तिलाई प्रहरीले कुटपिट गरेको घटना बाहिरिएको छ ।

राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि प्रहरीले कुटपिट गरेको स्थानीयवासीहरुले जनाएका छन् ।
पारदर्शीरुपमा राहत वितरण गर्न माग गरेपछि जनकपुरधाम–१४ का वडाध्यक्ष पुण्यप्रसाद यादवको निर्देनमा आफुहरुमाथि कुटपिट भएको स्थानीयहरुको आरोप छ ।

Sponsored

प्रहरीको कुटपिटबाट एक दर्जन व्यक्तिको शरीरमा निलडाम देखिन्छ ।
प्रहरीको लाठीबाट गायत्री मेहता, राजकुमारी भगत, मधुरी यादव, रामकुमर चौधरी, रिनादेवी यादव, देवेन्द्र महतो, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी, रामसुखित यादव, उपेन्द्रकुमार साह लगायतकालाई चोट लागेको छ ।

राहत वितरणमा बड़ाध्यक्ष यादवले विपन्न र गरिवलाई छोडेको आरोप लगाउदै स्थानीयवासीले विरोध गरेका छन् ।
वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरे । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वा्चित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र रचेको आरोप समेत लगाए ।

तर स्थानीय दिपक पटेलले राहतका लिन गएको गरिब र विपन्न परिवारलाई वडाध्यक्ष यादवले बेवास्ता गरेपछि आफुहरुले त्यसको विरोध गर्दा योजनाबद्ध तवरले कुटपिट भएको आरोप लगाए ।

Sponsored

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकारे ।

उनले सामाजिक दुरीको पालना र राहत वितरणको क्रममा नारावाजी भएपछि भिडलाई नियन्त्रण गर्ने क्रममा समान्यरुपमा बल प्रयोग गर्नुपरेको उनले स्पष्ट पारे ।

यता प्रहरीको लाठीबाट कुटाई खाएकाहरुले भने राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधाममा उजुरी दिने भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *