TodayPati

मालपोत कार्यालय धनुषाबाट बिचौलिया पक्राउ

टुडेपाटी–
जनकपुरधाम, चैत २१ गते ।

मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया करिब ७ हजार रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका ४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेको प्रहरीले जनाएको छ ।

Sponsored

सोमबार दिउँसो करिब २ बजेको समयमा साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ लिएका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले साहलाई नगद सहित मालपोत कार्यालय धनुषाबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *