TodayPati

मुख्यमन्त्री कार्यालयसँगै चारवटा मन्त्रालयको जिम्मा सरोजकुमार यादवलाई

टुडेपाटी–
जनकपुरधाम, चैत २१ गते ।

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएसँगै खाली भएको चारवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफुसँग राखेका छन् ।

मंगलबार एमालेबाट मन्त्रीबनेकाहरुले सामुहिक राजीनामा दिएपछि खाली भएको भौतिक पूर्वाधार विकास मन्त्रालय, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा मुख्यमन्त्री यादवले पाएका छन् ।

Sponsored

प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री तथा राज्यमन्त्रीले राजीनामा दिएकाले खाली भएको मन्त्रालयहरुको कार्यभार सम्हाल्नका लागि तोकेका हुन् ।

मुख्यमन्त्री यादवले उपनिर्वाचन पश्चात मन्त्रीमण्डल विस्तार गर्ने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *