TodayPati

मधेश प्रदेश : यातायात कार्यालयबाट एकैदिन १० बिचौलिया फन्दामा

टुडेपाटी-
जनकपुरधाम, चैत २२ गते ।

यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट एकैदिन १० जना बिचौलिया पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका १२ का २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह, त्यही वडाका ४६ वर्षीय, वडा नम्बर ३ का ३७ वर्षीय रन्जित गुप्ता, वडा नम्बर ११ का २३ वर्षीय लालबाबु महत्तो, त्यही वडाका ४५ वर्षीय राजेश लामा रहेका छन्।

Sponsored

यस्तै पर्साको कालिकामाई गाउँपालिका ४ का ४० वर्षीय राजेश महतो , बाराको परवानीपुर गाउँपालिका ५ का ४५ वर्षीय दरोगा दास र बाराकै प्रसौनी गाउँपालिका ६ का ३० वर्षीय मुकेश साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

कार्यालयमा आउने सेवाग्राहीलाई छिटो छरितो गराइदिने प्रलोभनमा पारेर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, यातायात कार्यालयमा बिचौलीयाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको थियो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *